सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ वर्षमा चिसापानी घुम्ने पर्यटकको घुइँचो

२०७९ वैशाख १, ०५:२८ खबर संवाददाता

धनगढी: कैलालीका पर्यटकीय स्थल चिसापानीमा पर्यटकको घुइँचो लागेको छ। बिहीवार नयाँ वर्षको अवसरमा कर्णाली–चिसापानी पुलमा पर्यटकको भीडभाड बढेको हो। 

कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष रुपमा मनाउन विभिन्न क्षेत्रबाट पर्यटकहरु त्यहाँ पुगेका छन्। सोही कारण चिसापानी बजार र कर्णाली पुलमा आन्तरिक पर्यटकले भरिभराउ रहेको छ।

कर्णाली पुलको अवलोकन गर्न, माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन्। ती कुराको मजा लिन धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका जिल्लाबाट आन्तरिक पर्यटक चिसापानीमा पुग्ने गरेका छन्।
 
 

कमेन्ट लोड गर्नुस