दार्चुलाको लेकमको अध्यक्षमा एमालेबाट जोशी पुन: उम्मेदवार चयन
धनगढी : दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट परमानन्द जोशी उम्मेदवार चयन भएका छन्। नेकपा एमाले दार्चुलाका अनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका जोशीलाई पुन उम्मेदवार बनाउने सहमति भएको हो।
गाउँपालिका उपाध्यक्षमा पनि वहालवाला उपाध्यक्ष माधवी जोशी दोहोरिने चर्चा छ भने एमाले जिल्ला कमिटी सदस्य सुशीला अवस्थीले पनि आकांक्षा देखाएकी छिन्। गाउँपालिका अध्यक्षमा परमानन्द जोशीलार्इ उम्मेदवार बनाउने सहमति जुटिसकेको बताउँदै एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले उपाध्यक्षका लागि आकांक्षिहरुबीच छलफल भइरहेको बताए।