सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मृत भेटिएका पुरुषले मदिरा सेवन गरेको खुल्यो

२०७८ चैत्र २७, ०४:०१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मृत भेटिएका पुरुषले मदिरा सेवन गरेको खुलेको छ। मृत भेटिएका पुरुषले अत्यधिक मात्रामा मदिरा सेवन गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

धनगढी उपमहानगरपालिका अन्तरगत वडा नम्बर २ मा आइतबार विहान एक पुरुषको शव फेला परेको थियो। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सार कार्यालय अगाडि उक्त शव फेला परेको हो। शवको पहिचान खुलेको छैन। 

प्रहरीले पहिचानको प्रयास गरिरहेको जनाएको छ। यस्तै घटनाको थप अनुसन्धान जारी छ।
 

कमेन्ट लोड गर्नुस