सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा थप १३ मा सङ्क्रमण पुष्टि

२०७८ चैत्र २६, ०६:०७ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५६८ पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४९ रहेको छ। पछिल्लो समय थप ४४ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६५ हजार ९८० पुगेको छ। यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन। सङ्क्रमणबाट हुने मृत्युदर १।२ प्रतिशत रहेको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ रहेको छ। अहिले होमआइसोलेशनमा ६१३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयूमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।

कमेन्ट लोड गर्नुस