सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ’

२०७८ चैत्र २५, ०७:४८ रासस

काठमाडौँ: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताएका छन्। नेकपा एमाले सञ्चार इलाकाले आज आयोजना गरेको कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुआत गरेको बताए।

प्रधानमन्त्रीका रूपमा रहँदा केपी शर्मा ओलीले नागरिकलाई सपना देखाएको र ती सपना साकार बनाउन काम थालेको उनको भनाइ थियो। उनले भने, “हिजो शिल्यान्यास भएका योजनाको अहिले उद्घाटन भइरहेको छ।” नेकपा (एमाले) प्रति सबै उमेर, क्षेत्र र वर्गको आकर्षण बढिरहेको महासचिव पोखरेलले बताए। अहिले सबैतिर पार्टी प्रवेशको लहर नै रहेको उनले औँल्याए। 

यो पटक पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका धेरै एमाले र केपी ओलीप्रति आकर्षित भएको उनको भनाइ छ। नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) छुटिएर जाँदा पार्टीलाई कुनै नोक्सानी नभएको भन्दै उनले सो पार्टीमा गए जति पूर्वमाओवादीबाट आएकाले समग्रमा पार्टीमा घाटा नभएको उनले बताए। नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टीमा अहिले कुनै पनि विवाद नभएकाले अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्ने गरी लागिएको बताए। 

कमेन्ट लोड गर्नुस