कञ्चनपुरको कृष्णपुर नगरपालिका साक्षर घोषणा
२०७८ चैत्र २५, ०४:१७
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाका मेयर कर्णबहादुर हमालले एक कार्यक्रमका बिच नगरपालिकालाई साक्षर नगर घोषणा गरेका हुन्।
नगरपालिकामा १५ देखि ६० बर्ष उमेर समुहका ९६.१७ प्रतिशत नागरिक साक्षर भएपछि नगरलाई साक्षर घोषणा गरिएको नगरप्रमख कर्णबहादुर हमालले बताए। ९५ प्रतिशत नागरिक साक्षर भएमा साक्षर नगर घोषणा गर्ने प्रावधान रहेको छ।
कमेन्ट लोड गर्नुस