आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू !
काठमाडौंः निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ।
निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो।वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो। निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गरिँदैछ।
‘आज आयोगको बैठक बस्छ र निर्णय गर्छ। आजै शुक्रबार ५ बजे आयोगले पत्रकार सम्मेलन गर्दैछ। सोही पत्रकार सम्मेलनमा आचारसंहिता लागू भएको घोषणा हुँदैछ।’