सुदूर नेपाललाई विश्वसँग जोड्दै

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत

२०७८ चैत्र २४, ०७:४६ रासस

संयुक्त राष्ट्रसंघ: संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका थिए। उनले हालैमात्र संयुक्त राष्ट्रसंघको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो। संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई द्वन्द्वग्रस्त क्षेत्रमा खाद्यान्न अभाव भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेको थियो।

प्राप्त समाचार इथियोपियामा द्वन्द्वमा परेका नागरिकको सहयोगका लागि खटेका संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बुधबार ती क्षेत्रमा खाद्यान्न र इन्धन बोकेका ट्रकहरु पुगेको जनाएका छन्। यहाँका विद्रोहीहरुले ती क्षेत्रमा खाद्यान्न पु¥याउन दिएका भन्दै आगामी दिनमा पनि यस कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सो क्षेत्रमा आगामी दिनहरुमा सञ्चार, बैंक र स्वास्थ्य चौकीहरु स्थापनामा सहयोग गर्न आग्रह गरेका छन्। इथियोपियामा गएका केही वर्षदेखि हिंसा जारी छ। यहाँका विद्रोहीहरुले गिरेर र आफरा क्षेत्रमा संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुलाई पनि जान दिएका छैनन्।

कमेन्ट लोड गर्नुस