विप्लव समूहका नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा
काठमाडौंः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ। स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन्।
उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन्। पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो।
तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए। अल्पमतमा परेपछि उनीहरु प्रस्तावबाट पछि हटेका थिए।