निलम्बित प्रधान न्यायाधीश जबराले वैशाख १ गते पदक पाउँदै
काठमाडौँः सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ वैशाख १ गते पदक दिने भएको छ।
गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख १ गते वितरण गर्न लागेको हो। वैशाख १ गते पदक पाउनेहरुको सूची गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। उक्त सूचीअनुसार जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका छन्।
त्यस्तै, संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले पनि पदक पाएका छन् ।