सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरकार विरुद्ध जनमोर्चाको प्रदर्शन, भारतको डिजाईनमा संघीयता ल्याईएको आरोप

२०७५ माघ १९, ०५:५९ रोशन भट्ट

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलले संघीयता भारतको डिजाईनमा ल्याईएको बताउनुभएको छ। शनिबार धनगढीमा राष्ट्रिय जनमोचाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताउनु भएको हो। संघीयताले देशलाई अस्थिरतातिर धकेलेको र अन्तर द्धन्द्ध सृजना गरेकाले संघीयता धेरै टिक्न नसक्ने समेत टिप्पणी गर्नुभयो।

राष्ट्रिय जनमोचा कैलनलीले संघीयता खारेज, विखण्डन र प्रतिगमनका खतराको विरुद्ध संघर्ष गरौँ, महंगी, भ्रष्ट्राचार हत्या हिंसा र वलात्कारको अन्त्य गरौँ भन्दै सरकारका विरुद्ध विरोध सभा गरेको हो। सो क्रममा धनगढीको ट्रफिक चौराहा देखी पार्कमोड सम्म विरोध ¥याली पनि निकाएको थियो भने पार्कमोडमा विरोध सभाको आयोजना गरिएको हो।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस