सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालगञ्जमा यात्रु अलपत्र

२०७८ चैत्र २३, ०७:१७

सिमकोट: कर्णाली प्रदेश सरकारमा हुम्ला जिल्लाबाट प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्री पद जिल्लाले पाएको छ। तर महिनौँदेखि नेपालगञ्जमा यात्रुले टिकट नपाए अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिहरको मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरिकले गुनासो गरेका छन्। नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमित उडान गराउन प्रदेश सरकारले कुनै चासो देखाएको छैन। 

निजी एअरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन। पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीयवासीको गुनासो छ। निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एकवटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस