दुर्गन्धित बन्दै डडेल्धुरा सदरमुकाम, उठ्नै छाड्यो फोहर
डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा फोहर थुप्रिदा दुर्गन्धित बनेको छ। डम्पिङ साइड विवादका कारण सदरमुकामको फोहर एकहप्तादेखि नउठेको हो।
४ वर्षअघि नगरपालिकाले उग्रतार मेलौली सडक खण्डमा भाडामा डम्पिङ साइड लिएको थियो। तर डम्पिङ साइडमा फोहर फाल्न स्थानीयले रोक लगाएपछि हप्तादिनदेखि सदरमुकामको फोहर सडक छेउमै जम्मा भएको छ। जिल्ला सदरमुकामको बागबजारसहित तुफानडाँडा, किर्तिपुर, स्याउले र पोखरा बजारमा संकलन हुने फोहर नियमितरुपमा संकलन हुन सकेको छैन।
जल्ने फोहर व्यवस्थापन भइरहेको र अन्य फोहर व्यवस्थापनका लागि समाधान निकाल्ने प्रयास भइरहेको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले बताए। स्थानीयको अवरोधका कारण डम्पीङ साइड बन्द भएको र नयाँ डम्पीङ साइडका लागि स्थानको खोजी गरिरहेको अमरगढी नगरपालीकाले जनाएको छ।