सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक प्रहरी ऐर र जोशी सम्मानित

२०७८ चैत्र २३, ०८:१२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। मंगलबार अत्तरियामै कार्यरत प्रहरी हवल्दार खडकबहादुर ऐर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान हेमराज जोशीलाई कार्यालयले सम्मान गरेको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रविण धितालले २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस अफ द मन्थ अवार्ड र नगद पुरस्कारसहित दुवै जनालाई सम्मान गरेका हुन्। प्रदेश कार्यालय अत्तरिया तथा मातहतका कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरुमध्ये उनीहरु दुई जनालाई सम्मान गरिएको हो। 

कमेन्ट लोड गर्नुस