कञ्चनपुरमा लागूऔषधसहित एकजना पक्राउ
२०७८ चैत्र २०, ०५:५४
कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुर्नवास नगरपालिका–१ ढक्का बस्ने ४४ वर्षीय शेरबहादुर बम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आइतबार पक्राउ परेका उनको पसलबाट १०८.४६ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला परेको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कमेन्ट लोड गर्नुस