सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा मिनीबस खस्यो

२०७८ चैत्र २०, ०४:१२ खबर संवाददाता

कालिकोट: कर्णाली नदीमा मिनीबस खसेको छ। आइतबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिका–८ मा जीतेगडा–कोल्टी सडकखण्डबाट मिनीबस नदीमा खसेको हो। 

कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबसमा चालक, सहचालक र एकजना महिला यात्र मात्रै रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। चालक कृष्णबहादुर शाही, यात्रु महिला कालिकोटको पचालझरना गाउँपालिका–८ की सलानी कार्की सकुशल छन्। सहचालक भने बेपत्ता भएका छन्।

घटनास्थलतर्फ प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। 

कमेन्ट लोड गर्नुस