रुसी सेनाले युक्रेनलाई सुम्पियो चेर्नोबिल परमाणु केन्द्र
काठमाडौँः रुसी सेनाले युक्रेनको चेर्नोबिल परमाणु केन्द्र युक्रेनलाई सुम्पिएको छ। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियोग ९आईएईए०का अनुसार युक्रेनले रुसको सेना परमाणु केन्द्रबाट फिर्ता गएको उल्लेख गरेको छ।
आईएईएले उल्लेख गरेको छ, ‘चेर्नोबिल परमाणु केन्द्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको छ।’ रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको केही दिनमा नै चेर्नोबिल परमाणु केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
यद्यपि चेर्नोबिल परमाणु केन्द्र सञ्चालनको लागि युक्रेनकै कर्मचारीलाई राखिएको थियो। चेर्नोबिल परमाणु केन्द्रमा सन् १९८६ मा भयानक परमाणु संकट उत्पन्न भएको थियो। अहिले यहाँ कुनै पनि परमाणु रियाक्टर छैनन्। तर, यसलाई व्यवस्थापन गर्नु जरुरी हुन्छ।