लागुऔषध मुद्दाः आर्यन खानविरुद्ध आरोपत्र दायर गर्न एनसीबीलाई थप २ महिना समय
काठमाडौँः मुम्बईको एक सत्र अदालतले नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को एसआईटीलाई आर्यन खानविरुद्ध लागूऔषध मुद्दामा आरोपपत्र दायर गर्न थप ६० दिनको समय दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीको एसआईटीले यस मुद्दामा आज अर्थात् चैत ३१ गते आरोपपत्र पेस गर्नुपर्ने थियो। तर हालै एनसीबीले आरोपपत्र दायर गर्न अदालतसँग थप तीन महिनाको समय मागेको थियो। यस निवेदनको सुनुवाइ गर्दै अदालतले एनसीबीलाई तीन महिनाको सट्टा दुई महिनाको समय दिएको हो।
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई गत वर्ष अक्टोबर ३ मा एनसीबीले लागुऔषध पार्टीबाट पक्राउ गरेको थियो। तीन सातापछि उनी धरौटीमा रिहा भएका हुन्। क्रुजबाट आर्यन खान, अरबाज मर्चेन्ट र मोडल मुनमुन धामेचासहित आठ जनालाई एनसीबीले पक्राउ गरेको हो। क्रुजबाट आर्यन खान, अरबाज मर्चेन्ट र मोडल मुनमुन धामेचासहित आठ जनालाई एनसीबीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध एनडीपीएस ऐनको धारा ८ (सी) अन्तर्गत २०बी (खरिद), २७ (उपभोग), २८ (अपराध गर्ने प्रयास), २९ (उक्साहट र षड्यन्त्र) र ३५ (दोषपूर्ण मानसिक अवस्थाको अनुमान) मुद्दा दर्ता गरिएको छ।