सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा २ चरणमा कृषि गणना हुने

२०७८ चैत्र १६, १०:४९ खबर संवाददाता

डडेल्धुराः आगामी वैशाख ६ गतेदेखि डडेल्धुरामा पनि सातौं राष्ट्रिय कृषि गणना सुरु हुने भएको छ। प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म ४५ दिन हुनेछ।

कृषि गणना कार्यालय डडेल्धुराका कृषिगणना अधिकृत चन्द्रबहादुर पालका अनुसार गणनाका लागि तथ्याङ्क संकलनको कार्य एउटै समयसीमामा दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा गणकहरूद्वारा प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम् मापदण्ड पूरा गरेका कृषक परिवारहरूको सूचीकरण कार्य गरिनेछ। 

कृषि गणना अधिकृत पालका अनुसार दोस्रो चरणमा तथ्याङ्क छनोट विधिबाट सुपरिवेक्षकहरूद्वारा छानिएका कृषक परिवारमा पुगी गणकहरूद्वारा कृषकले चलान गरेको जग्गा तथा पशुपन्छीपालन, अन्य खेतीलगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरू संकलन गरिनेछ।

डडेल्धुरामा एकजना कृषि गणक अधिकृत, १० जना सुपरिवेक्षक, ३८ जना गणक खटिने पालले जानकारी दिए्। गणक तथा सुपरिवेक्षकलाई चैत्र २५ गतदेखि २ वैशाखसम्म तालिम दिइने छ। 

कमेन्ट लोड गर्नुस