सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ चैत्र १५, ०४:३४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा नालामा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार बेलौरी नगरपालिका–६ स्थित नकैया नालामा डुबेर सोही ठाउँका ३८ वर्षीय रामदास रानाको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार राना घर नजिकैको नकैया नालामा माछा मारिरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस