कञ्चनपुरको वेदकोट साक्षर नगर घोषणा
धनगढी : कञ्चनपुरको वेदकोट नगरपालिका साक्षर नगर घोषणा भएको छ। मंगलबार नगरपालिकाको वडा नम्बर-३ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो।
नगरपालिकालाई साक्षर घोषणका लागि सबै सूचकांक पूरा भएपछि साक्षर नगर घोषणा गरिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले नगरपालिकाका ९५ प्रतिशत नागरिक साक्षर भइसकेका बताए। बाँकी निरक्षर रहेका नागरिकको पनि पहिचान गरी उनीहरुलाई साक्षर बनाइने उनले बताए। यसअघि जिल्लाको लालझाडी र बेलडाँडी गाउँपालिका साक्षर घोषणा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।