थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएको थियो। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५४ रहेको छ। पछिल्लो २४ घण्टामा ३१९ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।
योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार १४२ पुगेको छ। निको हुनेदर ९८ दशमलव सात प्रतिशत छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन। मन्त्रालयका अनुसार शून्य सङ्क्रमित भएका जिल्ला सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर र बाजुरा छन्। नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ।
हाल होम आइसोलेशनमा एक हजार २०६, संस्थागत आइसोलेशनमा ४८, आइसियुमा २३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।