सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीले मलाई गोली हानेकै हो, तर गठबन्धन नगरी जितिँदैनः देउवा

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र १४, ०३:३१ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विरोध गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको जवाफ फर्काएका छन्। सभापति देउवाले २०७५ सालको निर्वाचनमा बल्लतल्लले चुनाव जितेको सम्झिँदै आगामी निर्वाचमा गठबन्धन नगरी नहुने भन्दै गठबन्धनमा शंका नगर्न बताए।

सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने र पार्टीलाई पनि फाइदा हुने बताए। उनले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार। गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ? गठबन्धन गरियो भने अहिले सबै सिट जित्छौँ।’

सभपाति देउवाले विगतमा माओवादीले आफूलाई समेत गोली हानेको तर, अहिले त्यो रिस फेर्न नहुने र अवस्थाअनुसार चल्नुपर्ने बताए। साथै, आफूमाथि पनि त्यस्तो कुनै शंका नगर्न सभापति देउवाको भनाइ छ। उनले भने, ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन्। तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन। त्यसकारण गठबन्धन गरेर जाऔँ। मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ।’

कमेन्ट लोड गर्नुस