सुदूर नेपाललाई विश्वसँग जोड्दै

तालिबानको नयाँ आदेशः महिला–पुरुष एकैदिन पार्क जान नपाइने

२०७८ चैत्र १४, ०१:३९ खबर संवाददाता

काठमाडौंः अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन अम्युजमेन्ट पार्कमा जान रोक लगाएको छ। समाचार एजेन्सी स्पुतनिकले नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै अम्युजमेन्ट पार्क जान सक्ने बताएको छ।

यसका साथै, तालिबानका लडाकू यदि अम्युजमेन्ट पार्कमा जान्छन् तब उनीहरुलाई आफूसँग हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख छ। रिपोर्टका अनुसार तालिबान अन्तर्राष्ट्रिय मान्यताका लागि यस्ता खालका निर्णय जारी गरेर आफ्नो नरम छवी पेश गर्न चाहन्छ।

तालिबानका प्रवक्ताको सोसल मिडिया पोस्टः

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोसल मिडियामा भने, ‘इस्लामिक इमिरेट्सको मुजाहिदिनको हतियार, सैन्य वर्दी र वाहनसहित अम्युजमेन्ट पार्क जान अनुमति हुने छैन। उनीहरु पार्कका सबै नियमको पालना गर्नका लागि बाध्य छन्।’

कमेन्ट लोड गर्नुस