चितुवाको छालासहित एक जना पक्राउ
२०७८ चैत्र १३, १०:५०
काठमाडौं : ललितपुरको पुल्चोकबाट चितुवाको छालासहित एकजना पक्राउ परेका छन्। पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवनअगाडि आज (आइतबार) दिउँसो ट्याक्सीमा सवार बाग्लुङका नरबहादुर गौतम पक्राउ परेका हुन्।
उनको साथबाट बोरामा प्लाष्टिकले बेरेर राखेको ७ फिट ३ इन्च लामो र ३ फिट ९ इन्च चौडा चितुवाको छाला प्रहरीले बरामद गरेको ललितपुरका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए।
कमेन्ट लोड गर्नुस