सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहिद दिवसको अवसरमा साहित्यिक कार्यक्रम आयोजना

२०७५ माघ १७, १२:३४ रोशन भट्ट

शहिद दिवसको अवसरमा धनगढीमा साहित्यिक सम्मेलन आयोजना गरिएको छ। धनगढीमा रहेको एक्सिस विद्याश्रमले साहित्यिक सम्मेलनको आयोजना गरेको हो। नयाँ पुस्तालाई साहित्य श्रृजनामा अगाडि बढाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजक एक्सिस विद्याश्रमकी प्रिन्सीपल अनिता पन्लेले बताईन। कार्यक्रममा धनगढीका १० विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो भने सहभागिले नेपाली र अंग्रेजी भाषमा आफ्ना रचना वाचन गरेका थिए। साहित्य प्रतियोगितामा नेपाली भाषा तर्फ लक्ष्मी श्रेष्ठ प्रथम र पवन भट्ट प्रथम कान्ति पाण्डये द्धितिय र सन्देशराज जोशी तृतय भएका छन् भने अंग्रेजी भाषा तर्फ पहिलो सीद्धि पन्त, दोस्रो एन्जल चन्द र तेस्रो सुनैना वस्नेत भएका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस