कञ्चनपुरको वेदकोटका दुई वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्धघाटन
धनगढी : कञ्चनपुरको वेदकोट नगरपालिकाका दुई वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ। शुक्रबार नगर प्रमुख अशोककुमार चन्दले नगरपालिकाको वडा नम्बर ५ र ९ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवनको उद्धघाटन गरेका हुन्।
स्वास्थ्य सेवा केन्द्र वडा नम्बर ५ को धरमपुर र ९ को सुन्दरपुरमा निर्माण गरिएको छ। भवनको उद्धघाटन गर्दै नगर प्रमुख चन्दले पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे।