सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर १८ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ चैत्र ११, ०५:२४ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७१ जना निको भएका छन् भने हाल देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १ हजार ९१६ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन्।
 

कमेन्ट लोड गर्नुस