सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा जनस्तरबाटै मनाईयो शहीद दिवस

२०७५ माघ १६, ०१:५३ जनक विष्ट

  
देश र जनताको अधिकारका लागि ज्यानको आहुती दिने शहीदहरुको सम्झना गर्दै बुधबार धनगढीमा पनि जनस्तरबाट शहीद दिवस मनाईएको छ। प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवनको आहुति दिने शहीदको सम्झनामा जनस्तरबाट विविध कार्यक्रम गरी शहीद दिवस मनाईएको हो। स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएका थिए। सुदूरपश्चिम प्रदेश सरकारले सहीद दिवसका अवसरमा औपचारिक कार्यक्रम नगरेका बेला देश र जनताको अधिकारका लागि ज्यानको आहुती दिने शहीदको सम्झाना गर्दै जनस्तरबाट सहीद दिवस मनाईएको हो। 
 

 

 
 

कैलाली बहुमुखी क्याम्पसको राष्ट्रभक्त युवा समूह, जागौँ युवा संस्था र केएम सीर्जनसील क्लबले मंगलबार बिहान धनगढीमा प्रभातफेरी गर्दै शहीद गेटमा शहीद दशरथ चन्दको शालिकमा माल्यार्पण गरिएको थियो। माल्यापर्ण कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीहरुले पछिल्लो समय सहीदको परिचय फेरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले राजनीतिक शक्तिका आडमा सहीद शब्दलाई पैसासंग तुलना गरिनु दुःखद पक्ष भएको बताएका छन्। प्रजातन्त्र स्थापना तथा विभिन्न काल खण्डमा स्वतन्त्रताका लागि प्राणको आहुती दिने शहीदहरुको कतिपय विद्यार्थीले आफ्नो साहित्यीक रचनाको माध्यमबाटै सम्झना गरेका छन्। 

उनीहरुले रचना मार्फत नै देश र जनताका लागि ज्यानको आहुती दिने सहिदको सपना अझै पुरा हुन नसकेको वताएका छन्। दिवसको अवसरमा स्वस्र्फुत युवा दबाब समूह र फ्रेन्डलिन्क क्लब डब्लु एम आर आरले धनगढीमा प्रभातफेरी सहित शहिद दशरथ चन्दको शालिकमा माल्यापर्ण गरेको थियो।  जनस्तरबाट शहीदहरुको सम्झना भइरहेका बेला स्थानीय सरकार र प्रदेश सरकारले भने कुनै औपचारिक कार्यक्रमको आयोजना गरेनन्। दैनिकजसो औपचारिक सभा समारोहमै व्यस्त हुने प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा निजामती कर्मचारी यो बर्ष सहिदहरुलाई बिर्सीएका छन्।

गत बर्ष सम्म सरकारी स्तरबाटै सहिदहरुको सम्झानामा साताव्यापी कार्यक्रमको नै आयोजना हुँदै आएको थियो। तर कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने प्रदेश र संघिय सरकारबाट कुनै परिपत्र नआएका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको जानकारी दिए। प्रदेश नम्बर ३ ले सहीद दिवसका दिन सार्वजनीक विदा दिएका बेला सुदूरपश्चिम प्रदेश सरकारले विदा सम्म नदिएको भन्दै आलोचना पनि भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित अन्य मन्त्रालय र स्थानीय तहका प्रमुखहरुबाट शहीदको सम्झनामा कुनै सन्देश सम्म जारी भएको छैन्। 
    

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस