सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पार्टीले टिकट दिए कैलालीबाटै निर्वाचन लड्छु’

२०७८ चैत्र १०, ११:०० खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलालीबाट निर्वाचन लड्ने बताएकी छन्। बिहीबार धनगढीमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीसँग निर्वाचनमा गठबन्धन हुने र कैलाली क्षेत्र नम्बर ५ बाट आफू निर्वाचन लड्न तयार रहेको बताएकी हुन्। 

‘अन्य ठाउँबाट पनि लड्न सुझाव आइरहेको छ,’ उनले भनिन्, ‘तर मैले यतै काम गरेकी छु। मेरो लगाव यतै छ। पार्टीले टिकट दियो भने कैलालीबाट निर्वाचन लड्छु।’ स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसले अन्य पार्टीसँग तालमेलका लागि गृहकार्य थालेको उनले बताइन्।

उनले भनिन्, ‘तोकिएकै समयमा बैशाख ३० गते स्थानीय तहको वनिर्वाचन हुन्छ। निर्वाचनमा तालमेलका लागि छलफल भइरहेको छ।’ देउवा ०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै लडेकी थिइन। उनलाई बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले पराजित गरेका थिए।

कमेन्ट लोड गर्नुस