सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा धान रोप्ने चारपाङ्ग्रे मेसिनको उद्घाटन, कृषिमा लागत घट्ने अपेक्षा

२०८२ फाल्गुन २८, ११:३६ खबर संवाददाता

टीकापुर: कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले मेसिनको प्रयोगमार्फत श्रमशक्ति र उत्पादन लागत घटाउँदै कृषिलाई आधुनिक बनाउने दिशामा सरकार अघि बढिरहेको बताएका छन्। बुधबार कैलालीमा धान रोप्ने चारपाङ्ग्रे मेसिनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री परियारले नेपालले लामो समयदेखि देखेको कृषि आधुनिकीकरणको सपना अहिले क्रमशः पूरा हुँदै गएको उल्लेख गर्दै किसानले प्रयोगका क्रममा दिएका सुझावका आधारमा यस्ता मेसिन थप गर्दै जाने सरकारको नीति रहेको बताए। साथै उनले यस वर्ष मलखादको अभाव हुन नदिन सरकार सक्रिय रहेको पनि जानकारी दिए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कैलालीको आयोजनामा जानकी गाउँपालिका–४ कञ्चनपुरमा रहेको बीजवृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिन प्रयोग गरी चैते धान रोपाइँ गरिएको हो। मेसिनमार्फत चैते धान रोपाइँ पहिलो पटक गरिएको कार्यक्रम भएकाले संघीय सरकारका मन्त्रीसँगै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा पनि कार्यक्रममा सहभागी भएका थिए।

प्रदेशमन्त्री थापाले सुदूरपश्चिम प्रदेश सरकारले ‘एक पालिका दुई उत्पादन ब्लक’ कार्यक्रम अन्तर्गत चैते धान खेतीमा अनुदान प्रदान गरिरहेको र सफल भए आगामी तीन वर्षसम्म प्रदेश सरकारबाट निरन्तर सहयोग हुने बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन एकाइ खुमलटारका योजना अधिकृत माधव पौडेलका अनुसार पहाडी क्षेत्रमा करिब २५ प्रतिशत र तराई क्षेत्रमा ७५ प्रतिशत खेतमा धान रोप्न यस्ता मेसिन प्रयोग गर्न सकिन्छ। मेसिन प्रयोग गर्दा हालको लागत खर्च करिब ३० प्रतिशतसम्म घट्ने उनले बताए।

उनका अनुसार उक्त मेसिनले प्रतिघण्टा करिब १५ कट्ठा जमिनमा धान रोप्न सक्छ। मेसिन सञ्चालनको सुरुआती दुई वर्षसम्म कृषि प्राविधिक र किसानको सहकार्यमा प्रयोग गरिने र चलाउँदा आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

यस वर्ष धान रोपाइँका लागि बर्दियामा रहेको मेसिन प्रयोग गरिएको र बीजवृद्धि सहकारीका लागि
 

कमेन्ट लोड गर्नुस