सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वको १०औं प्रदूषित मुलुकमा नेपाल

२०७८ चैत्र ९, ०५:५० खबर संवाददाता

काठमाडौँ: वायु प्रदूषणमा नेपाल विश्वको विश्वको १०औं प्रदूषित मुलुकमा परेको छ। गत सोमबार प्रकासित वर्ल्ड एयर क्वालिटी रिर्पोटमा नेपालको औसत एयर क्वालिटी इन्डेक्स(एक्यूआई) ४६ थियो। यो डब्लूएचओको मापदण्डभन्दा ९ गुणाले बढी हो।

डब्लूएचओको मापदण्ड अनुसार हावामा पीएम २.५को मात्रा प्रति घनमिटरमा ५ माइक्रोग्राम वा सोभन्दा कम हुनुपर्छ। स्विजरल्यान्डस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनीले हरेक वर्ष विश्वभरको एक्यूआई रिर्पोट निकाल्दै आएको छ। सन् २०२० को रिर्पोटमा नेपाल १२औं स्थानमा थियो। 

रिर्पोट अनुसार सबैभन्दा बढी प्रदूषित मुलुकको पहिलो सूचीमा बंगलादेश छ भने प्रदूषित सहरमा भारतको राजधानी नयाँ दिल्ली छ।
 

कमेन्ट लोड गर्नुस