सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सुक्खा पहिरो, भीमदत्त राजमार्ग अवरुद्ध

२०७८ चैत्र ९, १२:५४ खबर संवाददाता

धनगढीः डडेल्धुरामा पहिरो गएर भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। बुधबार जिल्लाको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको हो। 

सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको बताउँदै करिव ५ घण्टाभित्र राजमार्ग सुचारु हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै पहिरो पन्छाउँन दुई डोजर लगाइएको बताइएको छ। राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन्। 
 

कमेन्ट लोड गर्नुस