प्रधानमन्त्री निवासबाहिर नेविसंघको प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। नेविसंघले प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि मंगलबार सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा उत्रिएकाका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्मला पन्तको हत्यारालाई कारवाही, अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायतका माग गर्दै विरोधमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।