सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका ९ स्थानीय तह बैंक विहीन

२०७५ माघ १५, १०:२१ रोशन भट्ट

सुदूरपश्चिमका ८८ ओटा स्थानीय तहहरु मध्ये ९ ओटा स्थानीय तहहरुमा बैंक स्थापना हुन बाँकी रहेको छ। प्रदेशको अर्थ मन्त्रालयले नागरिकको वित्तीय संस्थासँग पहुँच भन्ने कार्याक्रम संचालन गरेपनि सबै स्थानीय तहहरुमा बैंक स्थापना हुन नसकेको हो। सुदूरपश्चिमका ८८ ओटा स्थानीय तहहरु मध्ये नेपाल राष्ट्र बैंकका अनुसार ७९ ओटा स्थानीय तहहरुमा बैंङ स्थापना भई कारोबार सुरु गरिरहेका छन। स्थानीय स्तरमा स्थानीय सरकार आएको डेढ वर्ष हुदापनि सुदूरपश्चिमका सबै नागरिक वित्तीय संस्थाको पहुँचमा पुग्न सकेका छैनन। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै स्थानीय तहहरुलाई बैंक स्थापना गर्न निर्देशन पनि दिईसकेको छ भने प्रत्येक नागरिकको पहुच वित्तिय संस्थामा भन्ने कार्याक्रम पनि संचालन गरि रहेको छ। तर स्थानीय सरकार गठन भएको डेढ वर्ष हँुदा पनि सबै स्थानीय तहहरुमा बैंक स्थापना हुन नसक्दा विकट क्षेत्रका वासिन्दाहरु समस्यामा छन्। 

स्थानीय सरकार आएको डेढ वर्ष हुँदा पनि सुदूरपश्चिमका सबै स्थानीय तहहरुमा बंैक तथा वित्तीय संस्थाहरु स्थापना हुन नसकेका हुन। तराईका दुई जिल्ला कैलाली, कञ्चनपुर र पहाडी दुई जिल्ला दार्चुला र बैतडीका सबै स्थानीय तहहरुमा बैंक स्थापना भएका छन। बाजुराका तीन स्थानीय तह पाण्डवगुफा, स्वामीकार्तिक र गौमुल बझाङको काडाँ र थलारा, अछामको चौरपाटी र मेल्लेख, डोटीको बडीकेदार र डडेल्धुराको नवदुर्गामा बैक स्थापना नभएको नेपाल राष्ट्र बैंक धनगढीका उप निर्देशक मनोज पोखरेलले बताए। अहिले बैंक स्थापना गर्दा अनुमति नलिई शाखा स्थापना गरेर राष्ट्र बैंकलाई जानकारी मात्र गराउनु पर्ने व्यवस्था रहेको छ। केही स्थानमा बैंक तथा वित्तीय संघ संस्थाहरुको लागि चाहिने पुर्वाधार समेत नपुगेकाले स्थापना गर्न नसकिएको स्थानीय तहहरुले बताउने गरेका छन। 

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै नागरिकको पहुँच बैंक तथा वित्तीय संस्थाहरुमा पु¥याउनको लागि कार्यक्रम संञ्चालन गरिरहेको छ भने आफ्नो बजेट वक्तव्यमा पनि सबै स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्था अनिवार्य रुपमा स्थापना गर्नुपर्ने उल्लेख गरेको छ। स्थापना हुने बैंकहरु गाउँमा जान नमान्दा झन ढिलाई भईरहेको हो।  पुर्वाधार पुगेका स्थानमा पनि बैंकहरु आफ्नो बोर्ड झुण्डाएर सुरक्षा गार्ड समेत राखेका छन तर बैंकिङ कारोबार भने सुरु गरेका छैनन। 

अहिलेसम्म सुदूरपश्चिममा ५ सय २२ ओटा बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिईरहेका छन भने सबैभन्दा बढी कैलालीमा २ सय ३३ र सबैभन्दा कम बाजुरामा १८ ओटा वित्तीय संस्थाहरु स्थापना भएका छन। बैंक तथा वित्तीय संस्था स्थापनाका लागि न्युनतम पुर्वाधार उचित संरचना, विद्युत, प्रहरी चौकी र ईन्टरनेटको भने सुविधा पुगेको हुनुपर्ने हुन्छ। 
 
   
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस