सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाटाँका ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट फेला

२०७८ चैत्र ८, १०:५७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३५ जनामा  सिकलसेल एनिमियाको ट्रेट (बाहक) फेला परेको छ। सोमबार वडा नम्बर ८ नौखरीमा ४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा ट्रेट फेला परेको हो। 

नगरपालिकाको स्वास्थ्य शाखाले सिकलसेल एनिमिया र थाल्सेमिया पहिचान तथा निदान शिविरको निःशुल्क परीक्षण गरेको थियो। बाहक फेला परेका व्यक्तिहरूको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। उनीहरुको रिपोर्ट सात दिनपछि आउने स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत हरि नाथले बताए।

सिकलसेल भएका व्यक्तिको शरीरका विभिन्न अंगहरूमा अक्सिजनसहितको रातो रक्तकोष पर्याप्त मात्रामा पुग्न नसक्दा फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अंगहरूमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ।

कमेन्ट लोड गर्नुस