सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे चार हजार परीक्षण गर्दा ४५ मा सङ्क्रमण

२०७८ चैत्र ७, ०७:४९ रासस

काठमाडौँ: साढे चार हजार परीक्षण गर्दा आज ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वुलेटिनका अनुसार आज चार हजार ७५२ जनामा कोरोना परीक्षण गरिएको थियो। 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १३५ जना रहेका छन्। पछिल्लो समय १४७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६३ हजार १११ पुगेको छ। यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। 

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके रहेका छन्। शून्य सङ्क्रमित भएको चार मात्र जिल्ला मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला रहेको छ। नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत रहेको छ।

त्यस्तै, हाल होम आइसोलेशनमा तीन हजार ७९, संस्थागत आइसोलेशनमा ५६, आइसियुमा २२ र भेन्टिलेटरमा पाँच जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ५९ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस