सुदूर नेपाललाई विश्वसँग जोड्दै

कप्तान पारस खड्काको पहिलो शतक

। फोटो स्रोत ।
२०७५ माघ १४, ०६:१३

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन्।  नेपालको लागि शतक बनाउने उनी पहिलो खेलाडी भएका छन्।युएई बिरुद्ध एकदिवसीय सिरिज अन्तर्गत तेश्रो खेलमा शतक बनाउदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका छन्। शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका हुन्। 
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामिको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन्। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए।
 

कमेन्ट लोड गर्नुस