विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
काठमाडौँः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए। त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए।
जितसँगै समूह ‘सि’मा रहेको ब्राजिलले दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समान चार अङ्क नै जोडेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। दुई खेलमा तीन अङ्क जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ। यससँगै लगातार दोस्रो हार बेहोरेको हाइटीको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। अब समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीसँग खेल्न बाँकी रहेको छ।
विश्वकप फुटबल प्रतियोगिताअन्र्तत आजै विहान सम्पन्न खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो। मोरोक्कोका इस्माइल साइबारीले खेल सुरुआती मिनेटमा नै गरेको एक गोल नै मोरोक्कोको लागि निर्णायक सावित भएको थियो।
खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो। समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्कीसँग भएको खेलमा पाराग्वे एक गोलले विजयी भएको छ।