सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बस पल्टियो

२०७८ चैत्र ७, १२:२१ खबर संवाददाता

धनगढीः डोटीमा एक बस पल्टिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-१ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो। 

मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना-४ ख-३६०७ नम्बरको बस पल्टिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बस डोटीको घाङ्गलबाट जोशिपुरका लागि हिडेको थियो। 

बसमा २२ जना यात्रु सवार थिए। यस्तै दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस