अछाममा भैसी तार्दै गर्दा नदीमा बगेर एक युवक बेपत्ता
अछामः अछाममा नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। शनिबार जिल्लाको साफेबगर १३ बाब्ला बुढाबगरस्थित बुढीगंगा नदीमा भैसीलाई तार्ने क्रममा युवक बेपत्ता भएका हुन्।
मेल्लेख गाउँपालिका ५ काटेका ३२ वर्षीय लालबहादुर बोहरा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बोहराको ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर खोजपिन गरिरहेका छन्। उनी चैत २ गते हजुरबुवा नाता पर्ने लालबहादुर बोहरासँगै भैसी खरिद गर्न बाजुराको सिग्रे गएका थिए। शनिबार भैसी लिएर घर फर्कने क्रममा उनी बेपत्ता भएको बताइएको छ।