होलीमा सुदूरपश्चिममा २७६ सवारीसाधनमाथि कारबाही, ढाइ लाख राजश्व संकलन
२०७८ चैत्र ५, ११:५०
धनगढी: होली पर्वको अवधिमा सुदूरपश्चिम प्रदेशमा २७६ सवारीसाधनलाई कारबाही गरिएको छ। बिहीवार र शुक्रबार विभिन्न सवारी साधन धनीलाई कारबाही गरी २ लाख ५८ हजार ५ सय राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।
सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाकारी दिएको छ। कारबाहीमा परेका सवारीसाधनमा सबैभन्दा बढी कैलालीका रहेका छन्।
कमेन्ट लोड गर्नुस