सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ५, ०६:०२ रासस

रुकुमपूर्व : रुकुमपूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए। उनका अनुसार मृतकको परिचय खुलेको छैन।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए। सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप बुढा रहेका छन्। अर्का घाइतेको पनि पहिचान खुल्न सकेको छैन। दुवै जनाको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस