सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे चार हजारभन्दा बढीमा परीक्षण हुँदा २७ जनामा सङ्क्रमण

२०७८ चैत्र ३, ०७:२५ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण देखिएको हो। 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३७६ रहेको छ। पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७८१ पुगेको छ। निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। 

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की र बाँके रहेका छन्। शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्। नेपालमा सङ्क्रमणदर १७.८ प्रतिशत रहेको छ। हाल होम आइसोलेसनमा चार हजार ३०२, संस्थागत आइसोलेसनमा ७४, आइसीयुमा २८ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ। पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन्।

कमेन्ट लोड गर्नुस