सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ३, ०७:३६ खबर संवाददाता

चितवनः दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नम्बर ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी  बुधबार राति दलदलमा हाम फालेका थिए।


 

कमेन्ट लोड गर्नुस