डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ। मंगलबार बिहान वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै उनीमाथि हातपात गरेको जनाइएको छ।
उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ। हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको छ। हातपातपछि कठायत फरार रहेका छन्।
दोषिमाथि कडा कारवाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कामकाज बन्द गरिने गाउँपालिकाले जनाएको छ।