सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको भवन उद्घाटन

२०७८ चैत्र १, ११:०२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४ बैतडामा निर्मित उक्त भवनको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन्। 

दोस्रो साधारण सभाको अवसरमा प्रदेश सरकारको अनुदानमा निर्मित भवन समेत उद्घाटन गरिएको बताइएको छ। सहकारीले समुदायस्तरमा नागरिकलाई आर्थिक सहायता तथा अर्थोपार्जनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष नरेन्द्र चन्दले बताए।

कमेन्ट लोड गर्नुस