सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरी र लालझाडीमा विकासे योजनाको प्रगती निराशाजनक

२०७५ माघ १२, १०:३९ जनक विष्ट

कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका जनप्रतिनिधिको ध्यान पनि सेवा सुविधामै केन्द्रीत भएको छ। दुवै स्थानीय तहमा विकास निर्माणका कामले तिव्रता नपाएपनि जनप्रतिनिधिले महिनै पिच्छे सेवा सुविधा वापतको रकम बुझिरहेका छन्।

स्थानीय तहका अनुसार जनप्रतिनिधिहरुले मासिक पारिश्रमिक, सवारी साधन मर्मत, सञ्चार खर्च, दैनिक भ्रमण भत्ता, ईन्धन,  लगायतका शिर्षकमा लाखौँ रकम बुझेको छन्। नौ करोड ४८ लाख  पुँजीगत बजेट रहेको कञ्चनपुरको बेलौरी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा त्यसको ५ प्रतिशत अर्थात् ४८ लाख ४५ हजार मात्र खर्च गरेको छ। तर गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीले सेवा सुविधाका विभिन्न शिर्षकहरुमा चार करोड बढि बजेट खर्च गरेका छन्।

जनप्रतिनिधिहरुले साउनदेखि पुष मसान्तसम्म मासिक पारिश्रमिक, सवारी मर्मत, सञ्चार खर्च, भ्रमण खर्च र विविध खर्च शिर्षकमा नगरपालिकाबाट लाखौँ रकम बुझेको बताईएको छ। जसमा जनप्रतिनिधिहरुको तलब भत्तामा ३५ लाख, सञ्चार खर्चमा एक लाख १८ हजार, इन्धनमा ९८ हजार, भ्रमण भत्तामा ७० हजार खर्च गरेको बेलौरी नगरपालिकाको लेखा शाखाले जनाएको छ।

जनप्रतिनिधीले सेवासुविधा वापतको रकम महिनै पिच्छे बुझिरहेका बेला विकास बजेट खर्चको अवस्था भने चार प्रतिशतको हाराहारीमा मात्र रहेको छ। अझ आर्थिक वर्षका ६ महिना सम्म विकास बजेट खर्चको कुनै लेखाजोखा नै नराखेको कञ्चनपुरको लालझाडी गाउँपालिकाले जनप्रतिनिधिको सेवा सुविधामा २१ लाख ४० हजार खर्च गरेको छ। उनीहरुले सबैभन्दा बढी पारिश्रमिकमा १८ लाख ५४ हजार रकम बुझेको गाउँपालिका कार्यालयले जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक र उपाध्यक्ष सत्यदेवी महराले भ्रमण खर्च वापत ८१ हजार, विविध खर्च शिर्षकमा ३८ हजार, इन्धनमा १७ हजार, घर भाडा वापत १९ हजार ८० हजार रकम लिनुभएको छ। तर पुँजीगत बजेट खर्चको अवस्था के छ भन्ने विषयमा आर्थिक वर्षको ६ महिना सम्म गाउँपालिका कार्यालय अनभिज्ञ देखिएको छ।

लालझाडी गाउँपालिकाका सूचना अधिकारी विष्णु प्रसाद खरेलले दोस्रो चौमासिकमा मात्रै पुँजीगत बजेट खर्चको स्थिती बारे भन्न सकिने बताए। जनप्रतिनिधीहरु सेवा सुविधा भोगी भएपछि विकास निर्माणका योजनामा ध्यान नदिएपछि पुँजीगत बजेट खर्चको लेखाजोखा गाउँपालिकाले नराखेको पाईएको हो। 
 
   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस