सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव तस्करीको अरोपमा भारतीय नागरिक पक्राउ

२०७८ फाल्गुन ३०, ०८:२१ खबर संवाददाता

सुनसरीः मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन्।

प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो। सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका–८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो।

फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए। फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।

कमेन्ट लोड गर्नुस