सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश स्तरीय युवा सञ्जालको अध्यक्षमा सापकोटा

२०७८ फाल्गुन २९, ०७:२९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश स्तरीय युवा सञ्जालको अध्यक्षमा बसन्ती सापकोटा निर्वाचित भएकी छन्। आज भएको प्रदेश भेलामा प्रदेशका सबै जिल्लाका युवाहरुको सहभागिता रहेको थियो। नेतृत्व छनोटका लागी सहमति हुन नसक्दा गोलाप्रथाद्धारा समिति चयन गरीएको हो। 

गोला प्रथाद्धारा भएको समिति चयनमा अध्यक्षमा बसन्ती सापकोटा, महिला उपाध्यक्ष यज्ञ बोगटी, उपाध्यक्ष बिशाल भट्ट, सचिवमा रुगम रावल, सहसचिव, दिनेश भण्डारि र कोषाध्यक्ष बसन्ती साँउद गरी ८६ जनाको कार्यसमिती रहेको बताइएको छ। त्यस्तै लेखा समिति संयोजक नरेश दमाई र समितीको सदस्यमा बाजुराका जयबहादुर रावत निर्वाचित भएका छन्।

कमेन्ट लोड गर्नुस